गण्डकी प्रदेश सभामा राप्रपा 'इन', बन्यो चौथो शक्ति
पाेखरा | मंसिर २२, २०७९
पोखराः आसन्न निर्वाचनको पुरै परिणाम नआइसकेपनि गण्डकी प्रदेशको नतीजा भने छिनोफानो भइसकेको छ । यसपटकको परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभामा समानुपातिकतर्फ २ सिटकासाथ प्रवेश गर्दैछ ।
प्रत्यक्षतर्फ कुनैपनि सिट नजिते पनि समानुपातिक मतको आडमा अब राप्रपाका सांसदलाई प्रदेश सभामा देख्न पाइनेछ । प्रदेश सभामा राप्रपा चौथो शक्तिकारुपमा प्रवेश गर्दा यसपटक राष्ट्रिय जनमोर्चा भने ओझेल परेको छ ।
प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ स्थानमा जीत हात पार्दा समानुपातिकबाट ९ सांसद थप्दैछ । दोस्रो स्थानमा नेकपा एमालेले प्रत्यक्षबाट १२ र समानुपातिकमार्फत १० सिट पाएको छ ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रत्यक्षमा ५ र समानुपातिकतर्फ ३ सहित ८ सिट हात पारेको छ । केही दिनसम्म शून्यको अवस्थामा रहेको नेकपा एसले स्वतन्त्र उम्मेदवारी दिएर जितेका राजीव गुरुङ्लाई पार्टी
प्रवेश गराएपछि १ सदस्यकासाथ आफुलाई पाँचौमा पार्न सफल भएको छ ।
राप्रपाले प्रदेशमा समानुपातिकतर्फ ५९ हजार ४८३ मत प्राप्त गरेको छ । उक्त मत प्रदेशमा ६ प्रतिशत हो ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

